गुट्खा कारोबारी अझै फरार

काठमाडौँ — बुटवलस्थित श्रीराम टोबाको उद्योग प्रालिको नाम र उस्तै ब्रान्डमा काठमाडौंबाट अवैध रूपमा करेन्ट, भोलालगायत गुट्खा उत्पादन गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

गुट्खा कारोबारी अझै फरार

तर राजस्व छली र नक्कली कारोबारमा संलग्न मुख्य व्यक्ति भने अझै फरार छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाको नेतृत्वमा भदौ पहिलो साता काठमाडौंका विभिन्न स्थानमा गुट्खा बनाउने कम्पनीमा छापा मार्दा नक्कली गुट्खासहित विन्दुलाल चौरसिया, जयन्द्र चौरसिया, रविशंकर चौरसिया र भारत विहार घर भई तारकेश्वर बस्ने राकेश सिंहलाई पक्राउ गरेको हो । उनीहरूसँगै कारोबारमा संलग्न सन्तोष भट्ट भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले तारकेश्वर नगरपालिका १०, बोहोराटार र सीतापाइलास्थित शुभकामना सुर्ती उद्योग तथा नोलाङ र चमतीस्थित गोदाममा छापा मारेर नक्कली गुट्खा बनाउने मेसिन, ठूलो परिमाणमा नक्कली स्टिकर बरामद गरेको थियो । त्यसैक्रममा विन्दु चौरसिया पान भण्डारको सञ्चालक बनेर नक्कली गुट्खाको कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार जयन्द्र, रविशंकर र राकेश धरौटीमा रिहा भएका छन् भने विन्दुलाल थुनामै छन् ।गोदाममा छापा मारेकै दिन प्रहरीले थानकोट चेकपोस्टबाट बा१०च ४७२२ नम्बरको मारुती गाडीमा नक्कली गुट्खा बरामद गरेको थियो ।

प्रहरीका अनुसार संगठित गिरोहले नै नक्कली गुट्खाको कारोबार गरेको देखिन्छ । नक्कली कम्पनीका सञ्चालकले हेटौंडास्थित नेपाल रोटो प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालिबाट नक्कली गुट्खाको खोल बनाएको देखिन्छ । करेन्ट गुट्खाको सक्कली उत्पादक श्रीराम गुट्खाले नक्कली कारोबारबाट १९ करोडभन्दा धेरैको अनधिकृत वस्तु उत्पादन र बिक्री भएको दाबी गरेको छ । प्रहरीका अनुसार राजस्व छलीको विषयमा आन्तरिक राजस्व कार्यालयले पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?