कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

घुस लिएको आरोपमा वीरगञ्ज महनगरपालिकाका दुई कर्मचारी पक्राउ

भुषण यादव

वीगञ्ज — अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । अख्तियारले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका दुई जना कर्मचारीलाई बिहीबार दिउँसो सवा १ बजे घुस लिएको आरोपमा पक्राउ गरेको हो । 

घुस लिएको आरोपमा वीरगञ्ज महनगरपालिकाका दुई कर्मचारी पक्राउ

पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साह रहेका छन्। उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।


वीरगन्ज महानगरपालिका-१४ मा रहेको फुर्काउन इन्टरनेसनल एकेडेमी बोर्डिङलाई लाइसेन्स दिलाएवापत सञ्चालक एक्बाल हैदरसँग दुई कर्मचारीले १ लाख घुस मागेका थिए । साहले हैदरसँग पैसा लिन आफ्नो भन्जालाई पठाएका थिए । अख्तियारले पैसा लिँदालिँदै भान्जा अरुण साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहसँग अख्तियारले बयान लिँदा मन्जुर र शशीभुषणको नाम पोलेपछि उनीहरु दुवैलाई पक्राउ गरेको थियो ।


सुरुमा ५ लाखबाट पैसाको बार्गेनिङ चलेको पनि १ लाख दिने सहमति भएको स्रोतले बताएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?