कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वन प्राविधिक परिषद् बन्दै

काठमाडौँ — सरकारले वनकर्मीहरूको नियमन तथा अनुगमन गर्न नेपाल वन प्राविधिक परिषद् बनाउने भएको छ । वन प्राविधिकको हक, अधिकार सुनिश्चित गर्न र वनकर्मीहरूको अनुगमन तथा नियमन गर्न सक्ने परिषद् बनाउन प्रक्रिया अघि बढाइएको हो ।

वन प्राविधिक परिषद् बन्दै

वनकर्मीहरूको छाता संगठन नेपाल वन प्राविधिक संघ (एनएफए) को अगुवाइमा तयार गरिएको मस्यौदा गत साता वन तथा वातावरण मन्त्रालयलाई बुझाइएको महासचिव वसन्त श्रेष्ठले बताए ।


वनले अर्थ र कानुन मन्त्रालयसँग राय लिएर त्यसलाई अन्तिम रूप दिनेछ । परिषदमा अध्यक्ष, उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू रहने प्रस्ताव गरिएको छ । परिषदले औपचारिकता पाएपछि वनकर्मीले व्यावसायिक प्रयोजनका लागि अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?