चितवनमा आज पनि भाडाका गाडी चलेनन्

रमेशकुमार पौडेल

चितवन — चालकहरुको आन्दोलनका कारण शुक्रबार पनि चितवनमा यात्रु बस तथा मालबाहक ट्रक चलेका छैनन् । सोमबारदेखि चालकहरु आन्दोलनमा छन् ।

चितवनमा आज पनि भाडाका गाडी चलेनन्

हिजो मात्रै चितवन जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेर गाडीहरु तत्काल चलाउने निर्णय गरेको थियो । तर पनि त्यसको प्रभाव देखिएको छैन । मध्यान्हपछि गाडी खुल्ने सम्भावना भने छ ।


यातायात व्यवस्थ ऐन संसोधन हुँदा राखिएको प्रावधानहरुले चालक र परिचालक मर्कामा परेको भन्दै आन्दोलन सुरु भएको हो । जिल्ला प्रशासनमा भएको छलफलमा परिवर्तित ऐनमा पहिलाको भन्दा खुकुलो प्रावधान रहेका कारण चालकहरुलाई कसैले भ्रम फैलाएको हुन सक्ने कुरा उठेको थियो । चालक आन्दोलनमा गाडीधनी, राजनैतिक दल र ट्रेड युनियनहरुले आफ्नो संलग्नता नरहेको बताएका थिए ।


आन्दोलनरत लालप्रसाद गौतमले आज मध्यान्हपछि गाडी खुल्न सक्ने सम्भावना रहेको बताए । ‘हो ठाउँ ठाउँमा गाडी चलेका छन् । चितवनमा पनि हामीले रोकेको छैनौं । आज हाम्रा साथीहरु काठमाडौंमा वार्ता गर्दै हुनुहुन्छ । मध्यान्हपछि कुरा मिलेर उहाँहरुले खुला आह्वान गरेपछि जताततै गाडी चल्लान्,’ गैतमले भने ।


गाडी नचल्दा अमलेशगञ्जबाट ट्याङ्करहरु नआएका कारण स्टक सकिएर चितवनका पेट्रोल पम्पहरु बन्द भइसकेका छन् । नगरभित्र सिमित मात्रामा भाडाका गाडी चलेका छन् । अरु जिल्लाबाट आउने ठूला बसहरु फाट्टफुट्ट ओहरदोहर गरेको देखिन्छ । ट्रकहरु ठप्प जस्तै छन् । मोटरसाइकल र नीजि कार र जिपहरु मात्रै सडकमा देखिएका छन् ।

प्रकाशित : आश्विन ५, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?