लोकतन्त्र र संघीयतालाई जोगाएर अघि बढ्नुपर्छ : पौडेल

रासस

लिस्बन — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संघर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र संघीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् ।

लोकतन्त्र र संघीयतालाई जोगाएर अघि बढ्नुपर्छ : पौडेल

नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा संघीयताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका विषयक अन्तक्रियालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरे ।


'मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ,' नेता पौडेलले भने, 'राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि नभएर जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।'


मुलुकको परिवर्तनमा बिपीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय नै बिपीको असली समाजवाद भएको बताए । देशमा संविधान र संघीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेता पौडेलले एकल जातीय आधारमा संघीय राज्य बन्न नसक्ने धारणा राखे ।


चुनावमा पार्टीले भोग्नुपरेको पराजयको समीक्षा हुनुपर्ने भन्दै उनले चुनावमा कांग्रेसले हारे पनि सिद्धान्तको विजय भएको बताए । नेता पौडेलले पार्टी नेतृत्वबाट भएका त्रुटि सुधार गरेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिको अन्त्य गरी पार्टीलाई सुधार गर्नुपर्ने खाँचो रहेकाे बताए ।


एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै उनले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा सिकेको ज्ञान, सीप, कला र पूँजी लिएर स्वदेश फर्कन प्रवासी नेपालीलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित : आश्विन ५, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?