'पर्यटक भिसाको सेटिङ'बारे छानबिन सुरु

जनकराज सापकोटा

काठमाडौँ — पर्यटक भिसाको सेटिङमा संग्लन भएको आशंकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यलयले दुई अध्यागमन अधिकृतलाई अनुसन्धानका निम्ती भन्दै जिम्मेवारी मुक्त गरेको छ ।

'पर्यटक भिसाको सेटिङ'बारे छानबिन सुरु

गत बिहीबार कान्तिपुरमा ‘पर्यटक भिसाको सेटिङ’ शिर्षकमा दुबई लगायतका खाडी देशमा काम खोजीदिने आश्वासन दिँदै पर्यटक भिषामा नेपालीलाई पठाउने गिरोहमा अध्यागमन अधिकृतहरुको समेत संग्लनता रहेको समाचार प्रकाशित भएको थियो ।


विमानस्थलस्थित अध्यागमन प्रमुख राजेश पौडेलका अनुसार समाचार छापिएलगत्तै त्यसमा उल्लेखित तथ्य, सेटिङमा पर्यटक भिसामा प्रस्थान अनुमती दिने अध्यागमन अधिकृत, अनुमती दिनाको कारणबारे बुझ्न समिती गठन गरिएको हो ।

उनका अनुसार बरिष्ठ अध्यागमन अधिकृत कल्पना घिमिरेको नेतृत्वमा गठित समितीले समाचारमा उल्लेख गरिएका महिलाहरुले कसरी प्रस्थान अनुमती पाए, त्यसको आधार के थियो भन्ने लगायतका विषयमा अनुसन्धान गर्नेछ । अध्यागमन प्रमुख पौडेलका अनुसार तीन दिनको समयसीमा रहेको समितीले सम्भवत: आईतबार प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित : आश्विन ५, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?