कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री किन कोस्टारिका ?

काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दै छन् ।

प्रधानमन्त्री किन कोस्टारिका ?

१६ अगस्ट १९७७ मै कूटनीतिक सम्बन्ध स्थापना भए पनि यो मध्य अमेरिकी देशसँग दुईपक्षीय लेनदेनका मामिला खासै भएको इतिहास छैन । यस्तोमा एकाएक ओली चार दिन बस्ने गरी कोस्टारिका किन जाँदै छन् ?

परराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्, ‘औपचारिक भ्रमण ।’ परराष्ट्रका अनुसार ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लाेस अलभरादो क्युसेदासँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । यसका अलावा उनले कोस्टारिकाको सबभन्दा ठूलो सहर सान जोसमा नेपालले स्थापना गरेको शान्ति र हालैका प्रगतिका बारे प्रवचन पनि दिने कार्यक्रम तय भएको छ । उनी त्यहाँ पत्नी राधिका शाक्य र भ्रमण दलका २० भन्दा बढी सदस्यसहित सेप्टेम्बर २९ मा पुग्नेछन् भने अक्टोबर ३ मा काठमाडौंका लागि उड्नेछन् ।

‘सबैका लागि सान्दर्भिक राष्ट्रसंघको निर्माण : शान्तिपूर्ण, समतामूलक र दिगो समाजका लागि विश्वव्यापी नेतृत्व तथा साझा उत्तरदायित्व’ भन्ने नाराका साथ २५ सेप्टेम्बरमा सुरु हुने राष्ट्रसंघको साधारण सभामा ओलीले २७ तारिखका दिन सम्बोधन गर्नेछन् । त्यसैदिन उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।

राष्ट्रसंघले २४ सेप्टेम्बरमा दक्षिण अफ्रिकाका राष्ट्रपति तथा शान्तिका लागि नोबेल पुरस्कार विजेता नेल्सन मन्डेला जन्मेको सय वर्ष पुगेको सम्झनामा उनकै नाममा विश्व शान्ति सम्मेलन आयोजना गरेको छ । ओलीले त्यहाँ पनि सम्बोधन गर्नेछन् । त्यसपछि ओली दम्पती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने भोजमा सहभागी हुनेछन् भने २५ सेप्टेम्बरमा राष्ट्रसंघ महासचिवले आयोजना गर्ने दिवाभोजमा पाहुनाका रूपमा उपस्थित हुनेछन् । त्यसै दिन ‘एसिया सोसाइटी’ मा प्रधानमन्त्रीले ‘शान्ति, लोकतन्त्र र विकास’ बारे मन्तव्य दिनेछन् । उक्त कार्यक्रम अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले सञ्चालन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डका प्रधानमन्त्री एलिएन बेर्सेटसँग सेप्टेम्बर २६ मा र कम्बोडियाका प्रधानमन्त्री मेह सेना पाडेइ टेचो हुन सेनसँग २८ मा बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?