२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डाक्टरकै झूटो रिपोर्ट

धनुषा — जनकनन्दनी गाउँपालिका २ की १२ वर्षीयालाई रओछ्यानमै पुगेर छिमेकी २३ वर्षीय किरण खत्वेबाट बलात्कार भएको आरोप लाग्यो । घटना प्रहरीसम्म पुग्यो । इलाका प्रहरी खजुरीले भदौ ९ गते बालिकाको स्वास्थ्य जाँच गर्न जनकपुर अञ्चल अस्पताल पुर्‍यायो ।

डाक्टरकै झूटो रिपोर्ट

अस्पतालले भने ११ दिनपछि प्रहरीलाई बलात्कृत नभएको रिपोर्ट बुझायो । उनको गाला, आँखा, ओठ र घाँटीमा देखिने गरी कोतरेको घाउ रहे पनि अस्पतालले रिपोर्टमा ‘नो स्केच’ लेखेपछि प्रहरीलाई शंका लाग्यो । इलाका प्रहरीले भदौ २५ गते जिल्ला अस्पताल सिरहामा पुन: स्वास्थ्य परीक्षण गरायो ।

जिल्ला अस्पतालले भने बलात्कृत भएको र अनुहारका विभिन्न ठाउँमा कोतरेको घाउ भएको पुष्टि गर्‍यो ।
बलात्कारमा संलग्न खत्वेलाई प्रहरीले भदौ ९ गते नै नियन्त्रणमा लिएको थियो । भारततिर भागेका खत्वे पैसा लिन गाउँ फर्केका बेला नियन्त्रणमा परे । प्रहरीसँगको बयानमा खत्वेले अफ्नो अपराध स्विकारेका छन् । बलात्कार भएको अस्पताल सिरहा र बलात्कार नभएको अञ्चल अस्पतालको स्वास्थ्य रिपोर्ट तथा अभियुक्तले स्वीकारेको बयानको भिडियोसहित इलाका प्रहरी खजुरीले सरकारी वकिल कार्यालयमार्फत मुद्दा पेस गरेको छ ।

सरकारी वकिलको कार्यालयले अभियुक्त खत्वेसहित स्वास्थ्य रिपोर्टमा छेडखानी गर्ने चिकित्सकलाई पनि कारबाही माग गर्दै जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा दर्ता गरायो । ‘अस्पालका डाक्टरले चरम लापरबाही गरी अनुसन्धानलाई प्रभावित हुने गरी रिपोर्ट तयार गरेको छ,’ मुद्दाको मिसिलमा भनिएको छ, ‘बालिकालाई तत्कालै स्वास्थ्य परीक्षण गर्न पठाउँदा ११ दिन ढिलो गरेर दिएको रिपोर्टमा यौनाङ्गमा केही नदेखिएको र पुन: सिरहा अस्पतालमा पठाउँदा यौनाङ्ग च्यातिएको देखियो ।’

सरकारी वकिलको कार्यालयले यी दुवै स्वास्थ्य रिपोर्टको प्रतिलिपि र अभियुक्तको बयानको भिडियो टेपसहित स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, मेडिकल काउन्सिल, महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयलाई गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही माग गरेको छ  । जनकपुर अञ्चल अस्पतालका डा. रम्भा गोइत र डा. भीके सिंहले बालिकाको स्वास्थ्य परीक्षण गर्दा केही नभएको रिपोर्ट तयार गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?