कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन–प्रवक्ता शर्मा

रासस

नेपालगञ्ज — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन् । 

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन–प्रवक्ता शर्मा

नेपाल प्रेस युनियन, बाँकेले शनिबार अायाेजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको भन्दै प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी बताए । 'संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुझ्नुपर्छ,' उनले भने ।


आफ्नो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको भन्दै उनले बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिन नहुने बताए ।


कांग्रेस अहिले आफ्नो सांगठनिक संरचना विस्तारमा सक्रिय रहेकाले मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुने उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७५ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?