प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहकमा पोखरेल

काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा अाेली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहकमा पोखरेल

प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारीसहितकाे २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अाेली अमेरिका गएका हुन ।


विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीको सहभागिता रहने महासभामा अाेलीले असोज ११ मा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री बाहिर गए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकाे हाे । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपतिले उनकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?