कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या ८७ पुग्यो 

चार वर्षमा ३७ बढे
कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुन्जमा गत वर्ष पुस १ देखि फागुन मशान्तसम्म भएको बाघको गणनाको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । देशभरका राष्ट्रिय निकुन्ज र आरक्षमा गरिएको गणनाको प्रतिवेदन अन्तर्राष्ट्रिय बाघ दिवसका दिन एकैपटक सार्वजनिक हुने भनिएपनि प्राविधिक कारण देखाउँदै सार्वजनिक गरिएको थिएन ।

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या ८७ पुग्यो 

पछिल्लो गणनामा बर्दियामा बाघको संख्या बढेर ८७ पुगेको निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले बताए । चार वर्ष अघि भएको गणनामा बर्दियामा ५० वटा रहेकोमा ३७ वटा बाघ बढेको छ । वयस्क बाघको मात्रै गणना भएकोले डमरुको संख्या यकिन भएको छैन । निकुन्जको कर्णाली तटिय क्षेत्र र बबई उपत्याकामा सबैभन्दा बढी बाघ रहेको गणनाको क्रममा फेला परेको थियो ।


उचित आहारा, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको बर्दिया राष्ट्रिय निकुन्जमा पछिल्लोपटक बाघको संख्या बढ्दै गएको निकुन्ज निमित्त संरक्षण अधिकृत भण्डारीले बताए । बाघ गणनाको प्रतिवेदन निकुन्जको अम्रेनीमा थप दोस्रो प्रवेशद्वार उद्घाटन कार्यक्रममा गरिएको थियो ।


बाघको गणना र यसका प्रजातिको वैज्ञानिक अनुगमन क्यामेरा जडान गरी सुरु गरिएको थियो । सन् २०१३ मा भएको गणनामा बर्दिया निकुन्जमा ५० बाघ फेला परेको थियो ।


प्रकाशित : आश्विन ७, २०७५ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?