कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कुवेतमा मारिएकी नेपाली महिलाका आफन्त भेटिएनन्

काठमाडौँ — नेपाली दूतावासले कुवेतमा हत्या भएकी पेसलमाया राईको परिवार नभेटिँदा शव पठाउन सकेको छैन । सुनसरीकी ४५ वर्षीया राईको गत अगस्ट ३ गते हत्या भएको थियो ।

कुवेतमा मारिएकी नेपाली महिलाका आफन्त भेटिएनन्

नेपाली दूतावासका अनुसार राईलाई आफ्नै स्पोन्सर (साहु)को छोराले छुरा प्रहरी हत्या गरेको थियो । हत्यामा संलग्न भएको अभियोगमा कुवेती नागरिकलाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ । ‘कुवेतीवाट हत्या भइसकेको प्रमाणित भइसकेको छ । पीडितको परिवारसँग सम्पर्क नहुदाँ शव पठाउन नसक्नुको साथै क्षतिपुर्ति पाउने लगायतको कानुनी प्रक्रिया अगाडि बढाउन सकिएको छैन,’ दूतावासका द्ितीय सचिव ज्ञानबहादुर मगरले बताए ।


उनी २०७० भदौ ४ गते घरेलु कामदारको लागि श्रम स्विकृति लिएर कुवेत गएकी थिइन् ।

प्रकाशित : आश्विन ७, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?