२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

संघीय संसद्ले पायो पूर्णता

काठमाडौँ — संसदीय समितिको नेतृत्व चयन भएसँगै संघीय संसद्ले सात महिनापछि पूर्णता पाएको छ । संसदीय सुनुवाइ समितिमा लक्ष्मणलाल कर्ण र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नीरादेवी जैरु आइतबार निर्विरोध निर्वाचित भएकी छन् ।

संघीय संसद्ले पायो पूर्णता

यी दुवै संघीय संसदको संयुक्त समिति हुन् । महाअभियोग समितिबाहेक अब सबै समितिसमेत गठन भइसकेका छन् । यो समिति आवश्यक पर्दा मात्रै गठन हुन्छ । प्रतिनिधिसभाको १० वटा र राष्ट्रिय सभाका ४ वटा विषयगत समितिको नेतृत्व यसअघि नै चयन भइसकेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी १४ वटा विषयगत र दुई संयुक्त समितिमध्ये आठवटाको नेतृत्व महिलाले पाएका छन् ।


नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्ले पूर्णता पाएको बताए । ‘संसदको रिफ्लेक्सन हुने ठाउँ नै मिनी संसद् हो । यसले नेतृत्व पाएसँगै अब संसद् पनि प्रभावकारी हुनेछ ।’ समितिकै कारण सरकारलाई पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने उनले बताए । नेतृत्व चयन भएसँगै संसदीय समितिसमेत क्रियाशील हुने उनले जानकारी दिए । राष्ट्रिय सभा सांसद राधेश्याम अधिकारीले समितिले नेतृत्व पाएसँगै संघीय संसदको संरचनाले पूर्णता पाएको बताए ।


अनुगमन समिति गठन भएर नेतृत्व पाएपछि संविधानको ३ सय ८ वटै धारा कार्यान्वयन भए/नभएको निगरानीसमेत हुने भएको छ । यो समितिलाई संविधान कार्यान्वयन गराउने समितिका रूपमा समेत लिने गरिन्छ ।


प्रकाशित : आश्विन ७, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?