२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रधानमन्त्री ओली अमेरिकामा

दिनेशजंग शाह

न्युयोर्क — संयुक्त राष्ट्र संघको ७३ औं महासभाका लागि प्रधानमन्त्री केपी ओली स्थानीय समय अनुसार आइतबार बिहान साढे आठ बजे यहाँ आइपुगेका छन् ।

प्रधानमन्त्री ओली अमेरिकामा

काठमाडौं-अबुदाबी हुँदै न्युयोर्कस्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा इतिहाद एयरवेजबाट उत्रिएका प्रधानमन्त्रीको टोलीलाई राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारीलगायत गैरआवासीय नेपाली संघ एवम् प्रवासी नेपाली मंचका पदाधिकारीहरुले स्वागत गरेका थिए ।


प्रधानमन्त्री पत्नी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित २० जनाको प्रतिनिधिमण्डल आइपुगेको हो । विमानस्थलमा उत्रेलगत्तै प्रधानमन्त्रीलाई न्युयोर्क सिटीको प्रहरीले सुरक्षा स्टर्किङ गरेको थियो ।


प्रधानमन्त्रीको टोलीको बसोबासको व्यवस्थापन, राष्ट्रसंघीय मुख्यालयको नजिकै रहेको ह्यात होटलमा गरिएको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन ७, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?