कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लापरबाही अनुसन्धान चिकित्सककै संयोजकत्वमा

काठमाडौँ — उपचार क्रममा चिकित्सकबाट हुन सक्ने लापरबाही र कसुरको अनुसन्धान चिकित्सककै संयोजकत्वमा रहने उच्चस्तरीय समितिले गर्ने भएको छ ।

लापरबाही अनुसन्धान चिकित्सककै संयोजकत्वमा

चिकित्सकका माग सम्बोधन गर्दै संसदको माथिल्लो सदनले आइतबार मुलुकी अपराध संहिता संशोधन गरेको हो ।

संशोधित विधेयकमा लापरबाही छानबिन गर्न मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सक संयोजक, स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको अधिकृत, प्रहरीको प्रथम श्रेणीको अधिकृत (डीआईजी), उपभोक्ता हकहितको क्षेत्रमा क्रियाशील स्वास्थ्य मन्त्रालयले तोकेका एक व्यक्तिसहितको समिति रहने छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?