कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उपराष्ट्रपति स्वदेश फिर्ता

रासस

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी साेमबार स्वदेश फर्केका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका छन् ।

उपराष्ट्रपति स्वदेश फिर्ता

उपराष्ट्रपति पुनको सम्मानमा सेनाको एक टुकुडीले सम्मान अर्पण गरेको थियो । उनकाे स्वागतका लागि सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।


चीन भ्रमणको क्रममा उनी सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी भएका थिए ।


उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गरेका थिए । चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उनीसँग शिष्टाचार भेट गरेका थिए ।

प्रकाशित : आश्विन ८, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?