३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

असोज ९ गतेदेखि दसैंका लागि टिकट बुकिङ खुला

बस समितिको जुनसुकै काउन्टरमा गएर बुकिङ गर्न सकिने
दीपेन्द्र विष्ट

काठमाडौँ — यातायात व्यवसायीले मंगलबार (९ गते) देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार यस्तो सहमति जुटेपछि व्यवसायीले भोलिदेखि टिकट बुकिङ खुल्ला गरेको जनाएको छ । 

असोज ९ गतेदेखि दसैंका लागि टिकट बुकिङ खुला

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वारका अनुसार बस व्यवसायी समितिका जुनसुकै काउन्टरमा गएर यात्रुले टिकट बुकिङ गर्न सक्नेछन् । उनले भने, 'काठमाडौंको नयाँबसपार्क र बस व्यवसायीको जहाँ रहेको काउन्टरबाट टिकट बुकिङ गर्न सकिन्छ ।'


शनिबार मात्रै भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति सरकारले व्यवसायीसँग गरेका थिए । व्यवसायीले विभिन्न माग गर्दै यसपटक दसैंका लागि टिकट बुकिङ नगर्ने अडानमा थियो । 'पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका थिए । तर, शनिबार सरकारसँग सहमति भएपछि टिकट बुकिङ खुल्ला गरेका हौं,' स्वारले भने ।


२०६५ मा वैज्ञानिक भाडा दर लागू गर्दा पेट्रोलियम पदार्थ एकमुष्ट प्रतिलिटर ५ रुपैयाँका दरले वृद्धि भए त्यसकै आधारमा सवारी भाडा बढ्ने सहमति भएको थियो । तर, एकै पटक ५ रुपैयाँ प्रतिलिटर नबढे पनि थुप्रैचोटि मूल्यवृद्धि भइसकेको व्यवसायीको भनाइ छ ।

प्रकाशित : आश्विन ८, २०७५ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?