विश्वकर्मालाई पक्राउ नगर्न आग्रह

काठमाडौँ — असन्तुष्ट समूहसँग संवाद गर्न गठित सरकारी टोलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई पक्राउ नगर्न सरकारलाई आग्रह गरेको छ । 

विश्वकर्मालाई पक्राउ नगर्न आग्रह

टोलीले विश्वकर्मालाई पटक–पटक पक्राउ गर्दा संवादको वातावरण बन्न नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । ‘सर्वोच्च अदालतले छोडिदिएपछि पनि पुन: पक्राउ गर्दा वार्तालाई सहज बनाउँदैन’, वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले भने, ‘त्यसैले हामीले गृहमन्त्री रामबहादुर थापालाई यस विषयमा ध्यानाकर्षण गराएका छौं ।’ प्रहरीले विश्वकर्मालाई पाँचपटकसम्म पक्राउ गरिसकेको छ ।


टोलीले वार्ताको वातावरण तयार भएपछि केही दिनभित्रै नेकपालाई औपचारिक पत्र पठाउने पाण्डेले बताए । उनका अनुसार टोलीले हालसम्म १२ समूहलाई पाँच जनासम्मको टोली बनाएर वार्तामा आउन पत्र पठाएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?