कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा साउदीको खजुर

घनश्याम खड्का

काठमाडौँ — काठमाडौंस्थित साउदी अरब दूतावासले ८८ औं राष्ट्रिय दिवस मनाउँदै नेपालसँगको सम्बन्धलाई थप बलियो पार्ने सन्देश दिएको छ । 

काठमाडौंमा साउदीको खजुर

नेपालका लागि साउदी अरबका कार्यबाहक राजदूत अब्दुलकरीम अससुलेमानको आमन्त्रणमा नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले होटल हायातमा आइतबार साँझ केक काटेर साउदी स्थापनाको ८८ औं वर्षगाँठमा सुरु हुँदै गरेको रात्रीभोजको उद्घाटन गरेका थिए ।


नेपाल लगायत काठमाडौंस्थित विभिन्न देशका कुटनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि र युवा व्यवसायीहरुलाई दूतावासले खजुर, मरुभूमीको कफी लगायत साउदी अरबको पहिचान झल्कने विभिन्न परिकारको मज्जा दिलाएको थियो ।

प्रकाशित : आश्विन ८, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?