१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नुरप्रसाद अधिकारी थुनामा

काठमाडौँ — गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई ज्यान मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।

नुरप्रसाद अधिकारी थुनामा

प्रहरीले सोमबार नै अनुसन्धानका लागि उनलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत, ललितपुरबाट अनुमति लिएको छ ।


ललितपुरका एसएसपी रवीन्द्र धानुकका अनुसार अधिकारीले आइतबार उच्च अदालत पाटनमा तोडफोड गर्दै इजलाश अधिकृत रोशन बस्नेतलाई कुर्चीले हानेका थिए । उच्च अदालतले अधिकारीमाथि अनुसन्धान गर्न माग गर्दै पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।


ललितपुरकी विन्दु घतानीको जग्गासम्बन्धी मुद्दामा उच्च अदालतले सोमबार विपक्षमा फैसला गरेपछि उनी तोडफोड र आक्रमणमा उत्रिएका थिए । उनी घतानीको मुद्दामा वारेस बसेका थिए ।

प्रकाशित : आश्विन ८, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?