१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन बुझाइयाे 

काठमाडौँ — कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएकाे छ । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वकाे समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएकाे हाे । 

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन बुझाइयाे 

मन्त्रालयले मैनालीकाे संयाेजकत्वमा भदाै ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदनमा घटना पछिकाे परिस्थिति बारे खुलाए पनि घटना कसरी भयाे भन्ने बारे नखुलेकाे गृह मन्त्रालय स्राेतले जनाएकाे छ ।

समितिलाई ताेकिएकाे १५ दिनकाे म्यादसम्म जाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरिएकाे थियो ।

प्रकाशित : आश्विन ९, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?