कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वार्थ बाझिएका व्यक्ति सदस्य भएको भन्दै विकास समितिका सांसदद्वारा आपत्ति 

मकर श्रेष्ठ

काठमाडौँ — संसदको विकास समितिका सदस्यहरुले स्वार्थ बाझिने गरी ठेकेदारहरु समितिको सदस्य भएको भन्दै आपत्ति जनाएका छन् ।

स्वार्थ बाझिएका व्यक्ति सदस्य भएको भन्दै विकास समितिका सांसदद्वारा आपत्ति 

समितिको मंगलबार बसेको बैठकमा सदस्यहरुले प्रतिनिधिसभाको नियमावली विपरित ठेकेदार सांसदहरुलाई सदस्य बनाएकोमा विरोध गरेका हुन् ।


जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रतिनिधिसभाको नियमावली विपरित स्वार्थ बाझिएका ब्यक्तिलाई समितिमा राखेको भन्दै आपत्ति जनाए । 'ठेकेदारलाई के आधारमा समितिको सदस्य बनाइयो? किन समितिमा राखियो ? म स्पष्ट हुन चाहन्छु' उनले बैठकमा अध्यक्षलाई सम्बोधन गर्दै भनिन् ।


उनले पप्पु कन्स्ट्रक्सनले बनाएको पुलहरु जताततै 'बिग्रिएको' समाचार आइरहेको बेला उनैलाई थप ठेक्का दिने काम भइरहेकोमा पनि विरोध जनाइन् ।

सत्तारुढ दल नेकपामा सांसद टोपबहादुर रायमाझीले समितिमा ठेकेदार राख्न नहुने बताए ।

सत्तारुढ दल नेकपाकै अर्का सांसद यज्ञराज सुनुवारले पनि समितिमा स्वार्थ बाझिएका व्यक्तिहरुलाई सदस्य बनाएको भन्दै विरोध जनाए । 'प्रतिनिधिसभाको नेता, दलको नेतृत्व र सम्बन्धित सांसद आजै यस विषयमा निष्कर्षमा पुग्नु पर्दछ' उनले भने ।

समितिकै अर्का सदस्य गणेश पहाडीले राष्ट्रिय गौरवका आयोजनाहरुमा ढिलासुस्ती र अनियमितता भइरहेको भन्दै छानविन गर्नुपर्ने बताए ।

समितिका सभापति कल्याणी खड्काले भने स्वार्थ बाझिने ब्यक्तिहरु समितिको सदस्य रहेपनि उनीहरुको स्वार्थमा निर्णय हुन नदिने बताइन् ।


समितिमा पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा सदस्य छन् ।


उनीहरुको विरोध भइरहँदा सांसद जिपछिरिङ समितिको बैठकमै रहेपनि बोलेनन् ।

यो पनि पढ्नुस्:

ठेकेदारलाई नै विकास समिति

प्रकाशित : आश्विन ९, २०७५ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?