नेकपाका नेता विश्वकर्मा छुटे

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा मंगलबार साँझ रिहा भएका छन् ।

नेकपाका नेता विश्वकर्मा छुटे

चन्दा आतंक, आगजनी, विस्फोटको घटनामा संलग्न भएको आरोपमा पटक-पटक पक्राउ परेका विश्वकर्मा सर्वोच्च अदालतको आदेशपछि छुटेका हुन् । उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईपछि मंगलबार रिहाईको आदेश दिइएको थियो ।


उनलाई पछिल्लो पटक उदयपुर लगिएको थियो । सोमबार साँझ उनलाई काठमाडौं ल्याइएको हो । विश्वकर्माले छुटेपछि माइतीघर मण्डलामा कोणसभा समेत गरेका छन् । यसअघि उनलाई अदालतबाट छुट्ने वितिक्तै प्रहरीले पक्राउ गर्ने गरेको थियो ।


नेता विश्वकर्मा सात करोड चन्दा उठाएको भन्दै पहिलोपटक साउन तेस्रो साता पक्राउ परेका थिए । नेकपाका प्रवक्ता समेत रहेका विश्वकर्मासहित नेता उमा भुजेल लगायत पनि रिहा भएका छन् ।

प्रकाशित : आश्विन ९, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?