कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सांसदको स्वार्थमा राहदानी विधेयक

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसदहरू सरकारी काममा बाहेक पनि रातो पासपोर्ट प्रयोग गर्ने कानुन बनाउन एकमत भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले ल्याएको विधेयक परिमार्जनसहितको प्रतिवेदन मंगलबार संसदमा पेस गरेको छ । प्रतिवेदन समिति सभापति पवित्रा निरौलाले पेस गरेकी हुन् ।

सांसदको स्वार्थमा राहदानी विधेयक

सांसदहरू व्यक्तिगत प्रयोजनबाट पनि रातो पासपोर्टमा विदेश जान पाउने कानुनी प्रावधान थप्न लागिएको हो । कूटनीतिक वा विशेष राहदानी प्राप्त पदाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यसको प्रयोग गर्न पाउने प्रस्ताव
विधेयकमा थियो ।


यसअघि पनि यही व्यवस्था थियो । तर, विधेयकको प्रस्ताव परिमार्जन गर्दै समितिले ‘कूटनीतिक तथा विशेष रहदानी प्रयोगसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने’ भनी चलखेल गरेको हो । कुन कामका लागि प्रयोग गर्ने भन्ने अब नियमावलीमा तोकिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


सांसदहरूले दर्ता गराएको संशोधनमा व्यक्तिगत प्रयोजनमा समेत रातो पासपोर्ट प्रयोग गर्न पाउनुपर्ने माग थियो । समितिको प्रतिवेदनमा व्यक्तिगत प्रयोजन उल्लेख नगरिए पनि ‘तोकिएबमोजिम’ हुने जनाइएको छ । राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कूटनीतिक राहदानीको परिभाषासमेत परिमार्जन गरिएको छ । विधेयकमा कूटनीतिक राहदानीको परिभाषामा ‘सरकारी कामका सिलासिलामा विदेश भ्रमणमा जाने तोकिएबमोजिमका पदाधिकारीलाई सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट मनोनयन भई निर्णयसहित लेखी आएमा विभागले कूटनीतिक राहदानी जारी गर्ने’ उल्लेख थियो ।


तर, समितिले सरकारी कामका सिलसिलामा शब्दको सट्टा सरकारी कामको सिलसिला वा ‘विशेष कामका लागि’ भन्ने थप गरेको छ । यसले राहदानी दुरुपयोग गर्ने बाटो खुल्छ । त्यस्तै, मनोनयनका लागि लेखी आएमा भन्ने शब्दको सट्टा ‘निर्णय वा सिफारिस’ कै आधारमा कूटनीतिक राहदानी दिन सकिने व्यवस्था गर्नुपर्ने प्रावधान थपिएको छ ।

प्रकाशित : आश्विन १०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?