१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मदिरा बिक्री तथा सेवन नियन्त्रणका लागि कानुन ल्याउन संसदमा सार्वजिनक महत्वको प्रस्ताव पेस गरिँदै

मकर श्रेष्ठ

काठमाडौँ — बुधबारको संसद बैठकमा जनस्वास्थ्यको लागि हानिकारक मदिरा जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई बेचबिखन गर्न दिन हुँदैन भन्ने सार्वजनिक महत्वको प्रस्ताव पेस गरिँदैछ ।

मदिरा बिक्री तथा सेवन नियन्त्रणका लागि कानुन ल्याउन संसदमा सार्वजिनक महत्वको प्रस्ताव पेस गरिँदै

सांसद झपटबहादुर रावलले 'जनस्वास्थ्यको लागि हानिकारक मदिरा जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई बेचबिखन गर्ने कार्यले नकारात्मक असर पर्दै गएकोले विद्यमान कानुनको कडाइका साथ लागू गर्न मदिरा बेचबिखन सम्बन्धी नयाँ निर्देशिका तयार गरी तत्काल कार्यान्वयन गर्न आवश्यक भएको' भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्न लागेका हु्न ।


उक्त प्रस्तावको सांसद कृष्णभक्त पोख्रेल र वसन्तकुमार नेम्वाङ्गले समर्थन गर्नेछन् ।


'मदिरा जहाँ जहिले पनि जुनसुकै उमेर समूहका लागि बिक्रीवितरण गर्दा मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर घटाउन र मदिारा सेवनको कारणले हुने अपराध न्यूनीकरण गर्न निर्देशिका बनाई व्यवस्थित गर्न अत्यावश्यक भएकोले यस्तो प्रस्ताव प्रस्तुत गर्न लागिएको सांसद रावलले बताए ।


केही समयअघि गृहमन्त्री रामबहादुर थापाले पनि संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा समाजमा हत्या, हिंसा र अपराध बढ्नुमा मदिरा सेवन भएको बताएका थिए । उनले मदिरा बिक्री तथा सेवनलाई व्यवस्थित गर्न अभियान नै चालउनु पर्ने आवश्यकता रहेको बताएका थिए ।


अन्य देशमा समेत मदिरा बिक्री गर्न निश्चित ठाउँ तोकिने गरेको उदाहरण दिँदै रावलले नेपालमा पनि मदिरा बेच्ने ठाउँ, किन्ने उमेर समूह, खाने ठाउँ तोक्नु पर्ने बताए । उनले प्रस्तावमा भनेका छन्, 'मदिरा स्वास्थयको लागि हानिकारक पदार्थ हो, यसले एकातर्फ सेवनकर्ता नागरिकका स्वास्थ्थमा नकारात्मक असर पार्दछ भने अर्को तर्फ मदिरा सेवनका लागि समाजमा विभिन्न प्रकृतिका हिंसा, अपराधहरु ऋकालमा मृत्यु हुन जस्ता घटनाहरु भइरहेका हुन्छन् ।'


'अनाधिकृत रुपमा मदिरा उत्पादन र बेचबिखन आजकै मितिमा अन्त्य गर्न नसकिए पनि यसको उत्पादनमा न्यूनिकरण र बेचबिखन व्यवस्थित गर्नु पर्ने तत्कालै आवश्यकता खडकिएको छ । जुनसुकै ठाउँ जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई मदिरा बेचबिखन गरिने कार्य तत्काल रोकिनु पर्दछ । भारत लगायत विश्वका सबैजसो राष्ट्रहरुमा मदिरा बेच्न निश्चित स्थान, समय राज्यले तोकिदिएको हुन्छ,' रावलले प्रस्तावमा भनेका छन्, 'बालबालिकालाई मादक पदार्थ खरिद गर्न र संकलन गर्न निषेध गरिएको पाइन्छ । त्यसैले नेपाल सरकारले तत्काल मदिरा बेचबिखन सम्बन्धी कानुन भएपनि यसको पालना तथा अनुगमन नभएकोले कानुनको कार्यान्वयन कडाईका साथ लागू गर्न र मदिरा बेचबिखन सम्बन्धी नया निर्देशिका तयारी गरी तत्काल कार्यान्वयन गर्नका लागि यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छु ।'


यदि यो सार्वजनिक महत्वको विषयको सांसदहरुले पारित गरे भने सरकारले कानुन बनाएर त्यसलाई कडाइकासाथ कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

संसद बैठक आज दिउँसो २ बजे बस्दैछ ।


प्रस्तावक रावलले प्रस्ताव गरेका बुँदाहरुः

  • मदिरा सेवन कर्तालाई परिचपत्र दिने व्यवस्था दिनु पर्ने
  • मदिरा बिक्रि वितरण गर्न मिल्ने स्थान एकिन गर्नु पर्ने
  • मदिरा बिक्रिकर्ता र खरिदकर्ताको योग्यता (उमेर समूह) तोक्नु पर्ने
  • मदिरा खरिद बिक्रि गर्ने समय तोक्नु पर्ने
  • मदिरा सेवन परिचयपत्र बिना मदिरा सेवन गर्न नपाइने व्यवस्था गर्नु पर्ने
  • मदिरा सेवनको मात्रा तोक्नु पर्ने
  • घरेलु मदिराको गुणस्तरको लागि मापदण्ड तोक्नु पर्ने (अखाद्य पदाधको मिसावट रोक्न) युरिया, सुत्केरीको साल, जुत्ताको फोहार मोजा मिसाउन नपाउने
  • मदिरा सेवन कर्ताले अपराध गरेमा गैह मदिरा सेवाकर्तालाई भन्दा बढी सजाय को व्यवस्था गर्नु पर्ने

प्रकाशित : आश्विन १०, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?