२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पूँजीवादले बलात्कारका घटना बढ्यो : गृहमन्त्री

दुर्गा खनाल

काठमाडौँ — पूँजीवादले बलात्कारका घटना बढेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले भने, 'पूँजीवादले महिलालाई नाफा कमाउने मालको रुपमा बिक्री गर्छ । अमेरिका, भारतमा नि यस्तो हुन्छ ।'

पूँजीवादले बलात्कारका घटना बढ्यो : गृहमन्त्री

गृहमन्त्री थापाले दलाल पूँजीवाद हाबी भएको र आत्मनिर्भर अर्थतन्त्र नभएकोले बलात्कारका घटना निम्त्याउने गरेको बताए । उनले भने, 'अब समाजिक आर्थिक आधार भत्काउनु पर्‍यो ।

सरकार आफैंले मात्र नियन्त्रण गर्न सक्दैन । जनता पनि आफैं सजग हुनुपर्छ ।'


यस्तै उनले अनियन्त्रित मदिराले पनि अपराध बढेको बताए । उनले प्रविधिले गर्दा साइबर क्राइम बढेको बताए ।


सांसदहरुले सरकार बलियो हुँदा पनि हत्या, हिंसा, बलात्कारका घटना कम हुन नसकेको भन्दै मन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्रीले सरकारको बचाऊ गर्दै यस्तो घटना नयाँ नभएको र यसअघि पनि हुने गरेको बताए । उनले भने, 'यो सरकार आएपछि मात्रै बलात्कार, हत्या र हिंसा बढेको हैन । यस्ता घटनापछि सामाजिक कारणहरु पनि छन् ।'


प्रकाशित : आश्विन १०, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?