कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान संशोधनको प्रस्ताव ल्याउन राजपा सांसद महतोको माग

रासस

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् । 

संविधान संशोधनको प्रस्ताव ल्याउन राजपा सांसद महतोको माग

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए ।


निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्‌मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।


सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेस, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।


बिहीबार अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उनले माग गरे । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उनले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । भौगोलिक अखण्डतालाई खलल पुर्‍याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उनले स्पष्ट पारे ।

प्रकाशित : आश्विन ११, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?