कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन

काठमाडौँ — कलंकी–नागढुंगा सडक खण्डका बासिन्दाले कलंकीको ढुंगेअड्डामा प्रदर्शन गर्दै सो सडक शुक्रबार बिहान केही समयका लागि बन्द गराएकाछन् । स्थानीयहरू प्लेकार्डसहित विरोधमा उत्रिएसँगै सो क्षेत्र भएर गुड्ने यातायात प्रभावित बनेको थियो ।

स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन

स्थानीयहरुले लामो समयसम्म पनि सडक निर्माणको काम अगाडि नबढ्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको मार खेप्नु परेकाले विरोधमा उत्रिनु परेको बताएका छन् । उनीहरुले उक्त सडक खण्ड निर्माणको ठेक्का पाएका ठेकदारलाई कारवाही हुनुपर्ने र सडक निर्माण चाँडो सुरु हुनुपर्ने लगायतका माग गरेका छन् ।


स्थानीयहरुको बाक्लो उपस्थितिबीच विरोध प्रदर्शन भइरहेकोले त्यहाँ ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको थियो ।


सडक विभाग, ठेकेदार, वडाका प्रतिनिधि र स्थानीय अगुवाहरु बसेर वार्ता गर्ने सहमति भएसँगै प्रदर्शनका कारण अवरुद्ध बनेको सडक खुलेको छ ।



बिग्रेर क्षतविक्षत भएको ९ किलोमिटरमात्रै लामो सडक पार गर्न सामान्य अवस्थामा १ देखि साढे १ घण्टासम्म लाग्छ भने जाम परेका बेला त कहिलेकाहिँ ९ नै घण्टा पनि लाग्छ ।


राजधानीको लाइफलाइन राजमार्गबारे चारैतिर आलोचना भएपछि यही साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको अवलोकन गरेका थिए । उनले भदौ १२ गतेसम्म सडक कालोपत्रे गरिसक्ने 'भाषण' पनि दिएका थिए ।

अत्याधिक धूलोले यस क्षेत्रमा बस्ने हरेकमा श्वासप्रश्वासमा समेत समस्या आउन थालेकाले विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।

कलंकी–नागढुंगा सडक खण्डको अवस्थाका केही तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।


प्रकाशित : आश्विन १२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?