१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पाइपलाइन र ग्यास बारे छलफल गर्न भारतीय पेट्रोलियम मन्त्री नेपालमा

राजु चौधरी

काठमाडौँ — पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसहितको टोली शुक्रबार नेपाल आएको छ । आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको हो । 

पाइपलाइन र ग्यास बारे छलफल गर्न भारतीय पेट्रोलियम मन्त्री नेपालमा

‘मन्त्रीसहितको टोलीले निर्माणधीन पेट्रोलियम पाइपलाइन, ग्यास सम्बन्धी छलफल र अवलोकन गर्ने छन्,’ गोइतले भने ।

उनका अनुसार शुक्रबार ग्यास, पेट्रोलियम सम्बन्धी विभिन्न निकायसँग छलफल हुनेछ । अमलेखगन्ज देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित एजेन्डा लगायतका बिषयमा छलफल हुनेछ ।

शुक्रबार निमार्णधीन रक्सौल–अमलेखगञ्ज र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अवलोकन र समीक्षा गरिने छ ।

यसअघि बुधबार हुने भनिएको नेपाल र भारतका उच्च अधिकृतबीचको बैठक अन्तिम क्षणमा स्थगित भएको थियो ।

प्रकाशित : आश्विन १२, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?