१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत, ३ सय ९१ उजुरी (सूचीसहित)

टीकाराम तामाङ

काठमाडौँ — पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेस गरेको विवरणमा यो तथ्य उल्लेख छ ।  

बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत, ३ सय ९१ उजुरी (सूचीसहित)

बिहीबार समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित भएर महिला हिंसाको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।


त्यसक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समितिलाई बुझाएको कार्यप्रगतिसम्बन्धी प्रतिवेदनमा पछिल्ला ५ महिनामा भएका घटना विवरण पनि उल्लेख छ ।


नेपाल प्रहरीको स्रोतबाट लिइएको उक्त प्रतिवेदनमा गत वैशाखदेखि भदौसम्म ७ सय १० वटा जबर्जस्ती करणीका घटना भएका तथ्यांक छ ।


लैङ्गिक हिंसाको अवस्था शीर्षकमा प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सोही अवधिमा ३ सय ९१ जबर्जस्ती करणीको उजुरी परेको छ ।


तथ्यांकः नेपाल प्रहरी

त्यस्तै बहुविवाहको ३ सय ४०, बालविवाहका घटना ४० भएका छन् भने घरेलु हिंसाको घटना उच्च देखिएको छ ।


तथ्यांकअनुसार घरेलु हिंसाका घटना ५ हजार ४ सय १७ रहेको छ । अवैध गर्भपतनको उजुरी भने १० वटा मात्रै प्रहरी तथ्यांक छ ।


पछिल्ला वर्षमा महिला हिंसा र बलात्कारका घटनाका उजुरीको चाप बढेको प्रहरीले बताएको छ । यसो हुनुको कारण मानवीय चेतना कारक भएको महिला अधिकारकर्मीहरुले बताएका छन् ।


प्रकाशित : आश्विन १३, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?