२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आचार्य बालकृष्ण अभिनन्दित

प्रतिक्षा काफ्ले

स्याङ्जा — वालिङ नगरपालिका–११ बाहुनथानमा पताञ्जलीका अध्यक्ष आचार्य बालकृष्ण सुवेदीलाई आइतबार स्वागत तथा अभिनन्दन गरिएको छ । वालिङ नगरपालिका, पतञ्जली योग पिठ स्याङ्जा, श्रवण कुमार प्रतिष्ठान र स्थानिय नागरिकले आचार्य बालकृष्ण महाराजको अभिनन्दन गरेका हुन् ।

आचार्य बालकृष्ण अभिनन्दित

आचार्य बालकृष्णले वालिङ क्षेत्रको विकास र विस्तार लागि गरेको सहयोगको उच्च मुल्याङकन गर्दै स्वागत तथा अभिनन्दन गरिएको हो ।


उक्त अभिनन्दन समारोहमा भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अस्पताल नहुदाँ आयुर्बेदक बिधाले पुस्ता बचाएको बताईन् । नेपाल सरकारले आरोग्य नेपाल कार्यक्रमबाट पुरानै पद्धती र उपचार बिधिमा फर्किनसमेत आग्रह गरिन् । उनले आचार्य बालकृष्ण सुबेदीलाई नेपाली भुमीमै यहाँका जनताले देख्न चहाएको बताइन् ।

वालिङ ८ भरुवा घर भई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा योग र आयुर्वेद क्षेत्रमा नाम कमाएका आचार्य बालकृष्ण सुवेदीले यहाँको धुलो र माटोमा आफ्नो सम्बन्ध भएको बताए । उनले भने, ‘म भारतमा कर्मथलो बनाए पनि मेरो सम्बन्ध यहीं छ । म यहाँ केही गर्न चहान्छु ।’ आज विश्व समुदायका बैज्ञानिकदेखि खोजकर्ता आयुर्वेदको विषयमा अनुसन्धान गर्न आाफनै व्यवसायमा आउँदै गर्दा यो इज्जत बालकृष्णको नभई सिंगो नेपालीको भएको बताए ।


यसैगरी कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले वालिङको समग्र बिकासमा सबै राजनीतिक दल, तिन तहको सरकारको मिलेमतो भएको हुदाँ स्मार्ट नगर बनाउन सबैको सहभागीता हुनुपर्ने बताए ।


यहाँ आचार्य बालकृष्णको पहल र सहयोगमा वालिङ नगरभित्रको ५ हजार रोपनी क्षेत्रफलमा १६ अर्बको लगानीमा आर्युबेद कलेज, रसर्च सेन्टर, अस्पताल, सभाहल, होस्टल, जडिबुटी नर्सरी, बाल उद्यान, ज्ञान पार्क खोल्ने तयारी गरिएको छ ।


को हुन आचार्य ?


वालिङ नगरपालिका ८ भरुवा पुर्खौली घर भएका आचार्य बालकृष्णको थर सुवेदी हो । उनको जन्म २०२९ साउन २२ गते भएको थियो । भारतको हरिद्धवारमा जन्मिएका उनी बाबु जयबल्लभ र आमा सुमित्रा सुवेदीका जेष्ठ सन्तान हुन् ।


सामान्य परिवारका जयबल्लभ कामको शिलशिलामा भारत पुगेका थिए । उनी त्यही जन्मिए । उनी जन्मिएको तीन महिनापछि बाबु आमा नेपाल (घर) फर्किएका थिए । ११ बर्षको उमेरमा उनी अध्ययनको लागि घरबाट भागेर पुन: भारत पसे । घरबाट भागेको ५ बर्षपछि उनलाई भारतको हरिद्धवार स्थित गौतमनगरमा बाबुआमाले भेटेका थिए ।


कक्षा ५ सम्म उनी वालिङको तेज प्राथमिक विद्यालयमा अध्ययन गरे । ६ कक्षा पढ्नको लागि उनलाई पुर्णमृत माध्यामिक विद्यालयमा भर्ना गरिएको थियो । भर्ना भएलगत्तै उनी भारत गएका थिए । बालकृष्ण आयुर्वेदमा आचार्य उत्कृष्ट हुन् ।


प्रकाशित : आश्विन १५, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?