३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नाबालिका बलात्कार आरोपमा पक्राउ

चन्द्र कार्की

तेह्रथुम — नाबालिकालाई करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई पटकपटक बलात्कार गरी फरार रहेका लालीगुराँस नगरपालिका-३ मुसाङखेलका ५४ वर्षीय अभियुक्त शंकर थापालाई प्रहरीले एक वर्षपछि काठमाडौंबाट पक्राउ गरी जिल्ला ल्याइएको हो । 

नाबालिका बलात्कार आरोपमा पक्राउ

बालिकालाई थापाले पटकपटक करणी गरेको भन्दै गत वर्ष असोज २७ गते बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएकी थिइन् । जाहरी लगत्तै थापा फरार थिए ।


फरार रहेका थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को सहयोगमा काठमाडौंको गौशालाबाट गत असोज १२ गते पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । पक्राउ परेका थापालाई जबरजस्ती करणी सम्बन्धि अपराधमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?