नागढुंगा–पिपलामोड सडक मर्मतले लामै जाम

हरिहरसिंह राठौर

धादिङ — सवारीजाम हटाउन खानीखोलादेखि नौबिसेसम्मको १५ किलोमिटर दुरीमा राति गर्न थालिएको सडक मर्मतले बिहान करिब १५ किलोमिटरभन्दा लामो जाम भएको छ । 

नागढुंगा–पिपलामोड सडक मर्मतले लामै जाम

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्यधिक भार बोकेका गाडीहरुका खाल्डा पर्नुका साथै भास्सिएर कुलोमा परिणत भए पछि मर्मत तथा आवश्यक पिच गर्न लागिएको हो । सडक विभागले काम गर्न सहज गराउन सोमबार राति ८ बजे देखि बिहान ५ बजे सम्म दुवै तर्फ सवारी साधन रोकेर मर्मतको थालनी गर्दा लामो दुरीका सवारी साधनहरुले समयमा सूचना पाएनन् ।


समयमा सूचना नपाएकै कारणम कैयन यात्रुहरुले बन्दको सूचना नपाउदा रात भर यात्रु भोकै छन् भने नागढुंगाको जाम सिम्ले बजारभन्दा पर पुगिसकेको छ । सडक डिभिजन कार्यालय काठमाडौं–२ का अनुसार उक्त खण्डमा सडक मर्मतसम्भार (अस्फाल्ट ओभरले) को काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो ।


सोमवार राति ९ बजे देखि नै मर्मतको थालनी गर्नुपर्नेमा राती ११ बजेबाट काम थालनी गरेकोले बिहानै खुल्नुपर्ने सडक ८ बजे मात्रै सुचारु गरिएको थियो,’ खानीखोला स्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उद्धव पोखरेलले भने ।

उक्त खण्डमा असोज १७ गते सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उक्त खण्डको मर्मतसम्भारको काम कृष कन्स्ट्रक्सनले गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


चाडवाड नजिकिदैं गर्दा पृथ्वीराजमार्गमा अत्यधिक सवारी बढेको छ । दशैं तिहारलाई लक्षित गरि दैनिक २ हजारभन्दा बढी ठुला ढुवानी साधनहरु राजधानी प्रवेश गर्छन् । त्यसमध्य ७ सय जति भारतीय मालवाहक सवारी साधनहरु कम्तीमा १८ चक्के देखि २२ चक्के सम्म आउन थालेका छन् ।

आयातमा वृद्धि भएकोले राजमार्गमा चाप निकै वढेको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज हेमराज घिमिरेले बताए । सिम्लेसम्मको सवारी जाम सिम्ले पुगे पछि वैकल्पिक मार्ग धार्के ठुलोखोला भिमढुङ्गा सीतापाईला सडक लाई पनि असरगरेकोछ । उक्त सडक प्रयोग गर्नु पर्ने साना सवारी साधनहरु जन पाएका छैनन् ।


प्रकाशित : आश्विन १६, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?