गुणस्तरहीन पुल बनाएको भन्दै सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध मुद्दा दायर [अख्तियारको पत्रसहित]

बलराम बानियाँ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

गुणस्तरहीन पुल बनाएको भन्दै सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध मुद्दा दायर [अख्तियारको पत्रसहित]

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्स्ट्रक्सनले बताएकाे थियो । पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो । गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।


पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारको हो । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

विस्तृतमा

अख्तियारले निकालेको विज्ञप्तिकको पूर्णपाठ


प्रेस विज्ञप्ति: मिति २०७५।६।१९ गते ।

--------------------------------------------

आरोप-पत्र दायर गरिएको

-----------------------------

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र ( ठेक्का नं.MW/DRO-3/BRP-73-067/068) उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी निवेदनका सम्बन्धमा आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया-७ बीच पुल निर्माणका लागि मिति २०६८।०३।२२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, Specifications को Clause ११२ बमोजिम नभएको, Specifications को Clause १०४ बमोजिम निर्माण व्यवसायीबाट Quality Assurance Plan(QAP) पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको, Pile हरुको Depth डिजाईन बमोजिम नभएको वा डिजाईन बमोजिम निर्माण नगरेको तथा निर्माण भएको Pile हरुमा समेत Cavities भएको कारणले नै pile ले लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टी हुन आयो ।


अत: निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको देखिँदा उक्त कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका १२ जना ब्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिइ आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


मदन कोइराला

उपसचिव एवं सहायक प्रवक्ता

प्रकाशित : आश्विन १९, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?