कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चाडपर्वमा उपहार लिन र दिन नपाइने

मकर श्रेष्ठ

काठमाडौँ — संसदको राज्य व्यवस्था समितिले चाडपर्वमा उपहार लिने र दिने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले चाडपर्वमा उपहार लिने र दिने संस्कृति बन्द गर्न निर्देशन दिएको हो । 

चाडपर्वमा उपहार लिन र दिन नपाइने

समितिको निर्णयमा भनिएको छ,‘नेपालीहरुको विभिन्न राष्ट्रिय चाडपर्वमा आफ्नो स्वार्थपूर्तिका लागि उच्च पदस्थ कर्मचारीहरुद्वारा उपहार दिने र लिने जस्ता मौलाउँदै गरेको गलत संस्कृतिलाई निरुत्साहित गर्दै यस्तो संस्कृतिलाई बन्द गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’


चाडपर्वमा मदिरादेखि खसी समेत उपहार दिने गरेकोले यस्ता बिकृति रोक्नु पर्ने सांसदहरुले समितिमा कुरा उठाएका थिए ।


बैठकले राष्ट्रिय गौरवका आयोजनाको सार्वजनिक खरिद प्रक्रियामा देखिएको कमि कमजोरी हटाउन र अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ ।


भूकम्पले भत्किएको आवास, पुरातात्विक सम्पदा र सार्वजनिक भवनको निर्माणलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ । प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचनको लागि आवश्यक कानुन ल्याउन गृह मन्त्रायलाई निर्देशन दिएको छ । त्यस्तै संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको समितिले जनाएको छ । समितिले बाढीबाट प्रभावित जनताको लगत संकलन, राहत, क्षतिपूर्ति तथा पुर्नस्थापनाको ठोस योजना पेश गर्न समेत भनिएको छ ।

प्रकाशित : आश्विन १९, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?