१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जुवा अखडामा प्रहरीको छापा, भाग्न खोज्दा दुईजनाको मृत्यु

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खोलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । 

जुवा अखडामा प्रहरीको छापा, भाग्न खोज्दा दुईजनाको मृत्यु

साढे ३ तलाको घरको तेस्रो तलामा जुवा खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेका थिए । प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको छ ।


प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार एक रात जुवा खेलाएवाफत घरधनी तेन्दुले १० हजार रुपैंया लिने गरेको पाइयो ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?