कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुरानै प्रविधिमा नक्सा पास

प्रतिक्षा काफ्ले

स्याङजा — हरेक कार्यालयहरुमा प्रविधिको उच्चतम् प्रयोग गरी सेवा दिने होडबाजी चलेको देखिन्छ । तर, ठूलो आकारमा र स्पष्ट नक्सा पास गर्नुपर्दा सरकारी कार्यालयमा फोटोकपी गर्ने ठूलो मेसिन छैन ।

पुरानै प्रविधिमा नक्सा पास

जिल्लाका ठूलो भनिने प्रेसमा पनि नापी कार्यालयको नक्सा उर्तार्ने मेसिन छैन । यसको बाबजुद पुरानो मेसिन भएर पनि नापी कार्यालय स्याङजामा प्रयोग गरिएको काठे मेसिन भरपर्दो र स्पष्ट छ । जिल्ला नापी कार्यालयले कुनै पनि कागजात डिजिटलाइज्ड गर्नुपरेमा नापी कार्यालय वालिङ धाउनुपर्ने बाध्यता छ ।

जिल्ला कार्यालयमा आउने सेवाग्राहीको लागि काठे मेसिनकै भरमा नक्सा उतार्ने गरेको जिल्ला नापी कार्यालयका प्रमुख नापी अधिकृत शरदकुमार आचार्यले जानकारी दिए । उनका अनुसार उक्त काठे मेसिन नापी कार्यालय स्थापना हँदादेखिको हो ।


टेबल जस्तो देखिने यो मेसिनमा कोठैकोठा बनाइएको छ । त्यसभित्र एमोनिया नामक पेपर राखिएको हुन्छ । पेपर छुट्टै हुने भएकाले नक्सा र पेपर घाममा देखाएर बाकस भित्र लुकाइन्छ । १५ मिनेट लुकाएपछि नक्सा एक्युरेट प्रिन्ट हुने आचार्यले बताए ।

हालसम्म पनि पञ्चायतकालीन नाप नक्सा र काठे मेसिनकै भरमा सेवा दिने जिल्लाकै एक मात्र कार्यालय हो नापी ।


‘परम्परागत नक्सा प्रिन्ट गर्ने मेसिन पुरानै प्रविधिबाट सुचारु छ’ उनले भने, ‘अब कार्यालयको काम अनलाइनबाट हुने भनिएको छ । स्रोत साधन केही आएको छैन । डिजिटललाइज्ड गर्नुपर्ने छ । कर्मचारी, बजेटसमेत छैन । हालै मात्र करारमा एक जना कम्प्युटर अपरेट आउनुभएको छ ।’ उनले पुरानै तरिकाबाट गरिएको काम नयाँ ढंगबाट गर्नुपर्दा समस्या भएको बताए ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नापी पेसाकर्मीको संगठनले सन् २०१४ सम्ममा नेपालभर कागज र कलमले लेख्ने परिपाटी हटाउँदै कम्प्युटर प्रणलीमा जाने निर्णय गरेपनि अझै सफलता पाउन नसकेको अधिकृत आचार्यले बताए ।


‘कार्यालय डिजिटल प्रविधिमा रुपान्तरण हुँदै छ । भावि दिनमा नापी कार्यालय स्थानीय तहमा नै जाने मन्त्रालयको पत्र अनुसार जिल्ला नापीले पनि डिजिटलाइज्डको प्रक्रिया अगाडी बढाएको हो ।’ अचार्यले भने ।


अनलाइन सेवामा जानको लागि तालिम, बजेट र दक्ष जनशक्ति आवश्यकता रहेको उनले बताए । पुरानै भएपनि काठे मेसिन शुद्धताको हिसाबले भरपर्दो रहेको आचार्यको भनाइ छ ।


जग्गाको मूल्य बढ्दै गएपछि विवाद बढ्न सक्ने बताउँदै समयमा आ–आफ्नो सम्पतिको सहि पहिचान गर्न पनि जरुरी भएको उनले बताए ।

प्रकाशित : आश्विन २०, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?