१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव [पूर्णपाठसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव [पूर्णपाठसहित]

गृहमन्त्रालयका सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापरबाही र हेल्चेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै समितिले अब तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।


मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेबसाइटमा राखेको छ । प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो । आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो । समितिले गत असोज १० गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो ।

भिमदत्त नगरपालिका २ की १३ वर्षीय पन्तको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।


विस्तृत पढ्नुहोस्

प्रकाशित : आश्विन २१, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?