३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘फाइट ब्याक’ को बढ्यो माग

राजेन्द्र मानन्धर

दोलखा — यौन हिंसा न्यूनीकरणका लागि सुरु भएको ‘फाइट ब्याक’ अभियानको माग बढेको छ ।स्कुल, कलेजलगायत १३ स्थानमा अभियान सकेको दोलखा प्रहरीले मागका आधारमा अभियानको अवधि थपेको छ ।

‘फाइट ब्याक’ को बढ्यो माग

भदौ ६ देखि सुरु भएको १५ दिने अभियानलाई केही दिन बढाइएको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । फाइट ब्याक यौन दुराचार हुन लागे प्रतिरक्षा गर्ने उपाय हो ।


यौन अपराधविरुद्धको स्कुल शिक्षा कार्यक्रममा विद्यार्थीले मन पराउने शब्द भएकाले फाइट
ब्याक नाम दिइएको पाठकले बताए । विद्यार्थीलाई तीनपटक फाइट ब्याक भन्दै ताली पडकाउन लगाएर अभियान सुरु गरिन्छ । अभियानले यौन हिसांविरुद्धको शिक्षालाई उपलब्धिका रूपमा विद्यार्थीहरूले लिएको उनले बताए ।


१२ स्कुल र एउटा मिस दोलखाका प्रतिस्पर्धीको प्रशिक्षण केन्द्रमा तालिम दिएपछि आइतबारबाट प्रहरीको टोली गाउँमा लाग्दै छ । मागका आधारमा उत्तरका दुर्गम बस्तीमा पुग्ने कार्यतालिका छ । पाठकका अनुसार जिरी नगर र तामाकोसी गाउँपालिका स्कुलहरूबाट पनि माग भएकाले कार्यक्रमको अवधि बढाइएको हो ।


अभियानमा ‘पेन–ड्रप–बक्स’ अर्थात् पीडा पोख्ने बाकस पनि राखिन्छ । उक्त बाकसमा बालबालिकालाई यौन हिंसा परिवारबाटै भइरहेको हुनसक्छ वा बाहिरियाबाट भन्ने लिखित पीडा पोख्न लगाइन्छ । प्रतिरक्षाको कक्षा समाप्त भएपछि भनिन्छ, ‘तपाईंहरूलाई काखमा राख्ने बहानामा, माया गरेको जस्तै गरी सुमसुम्याएको बहानामा कुनै पुरुषले अभद्र कार्य गरिरहेको हुन सक्छ ।

सधैं चकलेट दिएर फकाइरहेको हुन सक्छ । फेसबुक र फोनमार्फत फकाइरहेको हुन सक्छ । स्कुलमै साथी र सरहरूबाट गलत कार्य गर्ने प्रयास भइरहेको हुन सक्छ । त्यस्तो कुराले मन डराइरहेको छ र अभिभावकलाई भन्न सकिरहेको छैन भने लेखेर यो बाकसमा खसाल्नुस् । आफ्नो पहिचान दिन आवश्यक छैन, दिए पनि गोप्य राखिनेछ ।’

प्रकाशित : आश्विन २२, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?