कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो [अपडेट]

बसन्तप्रताप सिंह

बझाङ — केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो [अपडेट]

बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते कञ्चनपुर बेदकोट नगरपालिका ५ का ३५ वर्षीय प्रेम बोहराको उपचारको क्रममा देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । यसअघि कञ्चनपुर वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धनबहादुर बोहराको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरका ३० वर्षीया मुडु बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ वर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र वीरेन्द्र बोहरा छन् । त्यस्तै नरेन्द्र कुँवर, कृष्ण कुँवर, धिरेन्द्र बोहरा घाइते रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते छन् । घाइतेको स्थानीय देउरा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


बुंगल नगरपालिकाको बड्डीज्यावन धार्मिक क्षेत्रमा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।


........................

केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुंगल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।


बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणिबगरमा भएको जीप दुर्घटनामा परी कञ्चनपुरको वेदकोट नगरपालिका-५ का ६५ वर्षीय विष्नादेवी बोहोरा र कैलालीको घोडाघोडी नगरपालिका-५का ५६ वर्षीय धनबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यस्तै, दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कञ्चनपुरको वेदकोट नगरपालिकाकी ३० वर्षीया मुडु बोहरा, ३५ वर्षीय प्रेम बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ बर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र विरेन्द्र बोहरा रहेका छन् । यसैगरी बुंगल नगरपालिका-६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, धिरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जीप दुर्घटनामा परी चालक केदार स्युँ गाउँपालिकाका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाइतेहरुको देउरा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बुंगल नगरपालिकाको बड्डीज्यावन धार्मिक क्षेत्रमा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।


घाइतेहरुको उद्धारनका लागि बझाङमा हेलिकप्टर पठाइएको छ । सिम्रिक एयरको हेलिकप्टरले पाँच जना सिकिस्त घाइतेहरुलाई उपचारका लागि नेपालगञ्जतर्फ लैजाने तयारी भइरहेको छ ।

प्रकाशित : आश्विन २३, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?