२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ताप्लेजुङको सुकेटारमा हवाइसेवा सुरु

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइसेवा सुरु भएको छ । समिट एयरले मंगलबारदेखि उडान सुरु गरेको हो । बुधबार नेपाल वायु सेवा निगमले उडानको तयारी गरेको छ ।

ताप्लेजुङको सुकेटारमा हवाइसेवा सुरु

समिटले अब प्रत्येक मंगलबार उडान गर्ने जनाएको छ भने निगमले बुधबार र शुक्रबार गर्ने भएको छ । पहिलो उडानमा समिटिले काठमाडौंबाट फुल सिट १६ जना ल्याएको थियो भने ताप्लेजुङबाट ९ जना लगेको थियो । १८ सिट क्षमता रहेको समिटले तेल धेरै बोक्नुपर्ने भएकाले काठमाडौंबाट दुईजना कम यात्रु उडाउँछ ।

निगमको पनि काठमाडौंबाट आउने यात्रु भरिएको र ताप्लेजुङबाट जाने केही कम भएको स्टेशन इन्चार्ज विकास राईले बताए । निगमले असारसम्म उडान गरेको थियो ।

मौसमको खराबीका कारण केहिदिन उडान हुनसकेको थिएन भने त्यसपछि जहाज बिग्रिएर उडान स्थगित गरेको थियो । समिटले दश‌ैंका यात्रुलाई राहत दिन भन्दै आगामी शनिबार एउटा उडान गर्ने जनाएको छ ।

प्रकाशित : आश्विन २३, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?