१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विधिवत रुपमा दसैं सुरु, आज घटस्थापना

गोरखा दरबारमा घटस्थापना गरेर जमरा राखियो
हरिराम उप्रेती

गोरखा — वडा दसैंको पहिलो दिन आज बुधबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको छ । गोरखाको ऐतिहासीक गोरखा दरबारमा  विधिपूर्वक पुजा गरेर ७:१५ को उत्तम साइतमा जमरा राखियो । 

विधिवत रुपमा दसैं सुरु, आज घटस्थापना

घडी पला अनुसार उत्तम साइतमा भगवति कालिकाको जमरा कोठामा जमरा राख्यौँ,’ गोरखा दरबार हेरचाह अड्डका रामेश्वर कट्टेलले भने । जमरा राखेपछि १५ दिन सम्म विषेश पुजा हुने गोरखा दरबारका पुजारी प्रदिप योगीले बताए । ‘समान्य र विशेष दुईवटा पुजा गर्नुपर्छ,’ उनले भने ।


गोरखा कालिका मन्दिरको जमरा कोठामा चार पाथी र गुरु गोरखनाथको गुफामा एक पाथी जौको जमरा राखीएको कट्टेलले बताए । जमरा राख्नुपूर्व कालिका मन्दिरको कैलाश कोठाबाट गर्भगृहमा देवता सवारी गरिएको थियो । जमरा राख्नुपूर्व यस अघिका वर्षहरुमा मुल दरबारका रहेको देवतालाई भित्री बाटो कैलाश कोठा रंगमहल, गर्भगृहक कोठा हुँदै कालिका मन्दिरमा देवता सार्ने गरिन्थ्यो ।


‘उज्यालो पनि होइन अँध्यारो पनि होइन, नाडीको रौँ देखिने उज्यालोमा देवता सार्ने उहिले देखिको चलन हो,’ कट्टेलले भने, ‘यस अघि मुल दरबारबाट कालिका मन्दिरसम्म देवता साथ्र्यौं, अहिले दरबार पुननिर्माणको क्रममा भत्काइएइको छ, कालिका मन्दिर भित्र भित्रै देवता सार्‍यौँ ।’ ठाउँ अभावमा पुजाका लागी मुस्कीलले व्यवस्थापन गरिएको उनले बताए ।


‘यहाँ प्रतिपदा देखि सप्तमी सम्म एक–एक कन्यालाई मिष्ठान्न भोज खुवाउने प्रचलन छ । ‘देवीको पुजा गर्ने एक अंग कन्याको पुजा पनि हो,’ कट्टेलले भने । नवमीको दिन भने २७ जना कन्या र दुइ कुमारलाई मिष्ठान्न भोजन खुवाइन्छ । यस अघिका वर्षमा मुल दरवारमा मिष्ठान्न भोजन खुवाउदै आएको थियो । दरवार भत्काएको उत्त प्रयोजनका लागी ठाउँ अभाव भएपछि कालिका मन्दिरमै ब्यवस्था मिलाइएको कट्टेलले बताए ।


गोरखा दरबारमा आज बाट नियमीत बली पनि चढ्छ । ‘भत्तजनले ल्याएको त यसै चढ्ने भइहाल्यो हामी प्रतिपदाबाट सप्तमी सम्म प्रत्येक दिन सरकारी बली दिन्छौँ,’ उनले भने । दसैं भरीमा ३२ बोका, १२ भेडा, १५ रागो १ सतार र पाँच वटा सुगुर बलीमा चढ्ने कट्टेलले बताए । राजसंस्था हुँदाको समयमा दसैंमा मात्र यहाँ १ सय ४० को संख्यामा बली चढाइने गरिन्थ्यो । राजसंस्था हटेर गणतन्त्र आएपछि यहाँ दिने बलीको संख्यामा कटौती गरिएको हो ।


बलि लगायतको दसंै पुजाका लागी हालसम्म पनि दरबार हेरचाह अड्डाको खातामा पैसा आइपुगेको छैन । ‘एक वर्षको लागी १२ लाख छुट्टाइएको छ, कम्तिमा नौ लाख दसैं पुजामै खर्च हुन्छ,’ उनले भने, ‘त्यहि पैसा पनि अहिलेसम्म निकासाको क्रममा मात्र छ, आइपुगेको छैन ।’


अहिले तत्काललाई समस्या टार्न पुरानै ठेकेदारलाई बलीको बोका, रागो र सुगुर ल्याउन अनुरोध गरेर भरथेग गरिएको उनले बताए । निकासाको पत्र आएपनि पैसा नआएको उनले बताए । ‘पैसा आएको पत्र आएपनि कागजी प्रक्रिया पुर्‍याउनुपर्‍यो, अब हामी यता दसैं पुजामै व्यस्त हुन्छौँ, अब पैसा झिक्न पनि भ्याउँदैनौं,’ उनले भने ।


अघिल्लो वर्ष एक वर्षका लागी पुजा संचालन गर्न १५ लाख आएपनि यस वर्ष वर्षभरीका लागी १२ लाख रुपैयाँ मात्र आएको छ ।


गोरखा हरमटारीमा जारी दसैं सस्तो मेला परिसरमा पनि नवदुर्गा पुजा शुरु भएको छ । नवदुर्गाको मूर्ति स्थापना गरेर पुजाको व्यवस्था मिलाइएको चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।


प्रकाशित : आश्विन २४, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?