संगठन बदनाम गर्नेलाई किराजस्तै टपक्क टिपेर फाल्छौँ : महानिरीक्षक खनाल

दीपेन्द्र विष्ट

काठमाडौँ — प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको बदनाम गर्ने प्रहरीलाई किराजस्तै टपक्क टिपेर फाल्ने बताएका छन् ।

संगठन बदनाम गर्नेलाई किराजस्तै टपक्क टिपेर फाल्छौँ : महानिरीक्षक खनाल

ट्राफिक प्रहरी र्‍यापिड स्क्वाड विशेष कार्यक्रमको उद्घाटन गर्दै महानिरीक्षक खनालले पछिल्लो पटक संगठनको बदनाम गर्ने प्रहरीमाथि निगरानी बढाउँदै गएको बताए। उनले संगठनभित्र रहेर अनियमितता गर्ने,पदीय हैसियत बिर्सेर काम गर्ने प्रत्येक प्रहरीलाई कडा कारबाही गर्ने बताए ।


‘कारबाही सुरुवात गरिसकेका छौँ, अब यो अभियान कसैले रोकेर रोकिदैन’ उनले भने,‘संगठनको बदनाम गर्ने धमिरालाई कदापि छोडिदैन ।’

ठेकेदार, दलालसँग कुनै प्रहरीको संलग्नता भए जागिर छाडेर त्यही पेशा अपनाउनुपर्ने उनले बताए । ‘विदेश जाने, दलाली गर्ने, तस्करी गर्ने मन भए जागिर छोड्दा राम्रो हुन्छ’ उनले भने,‘प्रहरीको जागिर खाएर तस्करी गर्छु भन्ने कसैले सोचेको छ भने,त्यो हुन दिनवाला छैन ।’


आफैँ सुध्रेर संगठनप्रति इमान्दार रहनसमेत उनले प्रत्येक प्रहरीलाई निर्देशन दिए । ‘स्वपरिवर्तन हुन राम्रो’ उनले भने,‘सप्रिन निर्देशन दिँदा राम्रो सन्देश जान्दैन,यदि बदनाम हुने कार्य गरेमा त्यो क्षम्य हुनेवाला छैन।’

प्रकाशित : आश्विन २४, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?