१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आयोगद्वारा अपराध अनुसन्धान विज्ञसँग छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका सम्बन्धमा बुधबार अपराध अनुसन्धान विज्ञहरूसँग छलफल गरेको छ । 

आयोगद्वारा अपराध अनुसन्धान विज्ञसँग छलफल

कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहित पदाधिकारीले नेपाल प्रहरीका पूर्वएआईजीद्वय राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वडीआईजीद्वय रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ताहरू नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीलाई आयोगमा बोलाएर छलफल गरेका हुन् ।


आयोगका पदाधिकारीले पन्तको हत्यामा संलग्न दोषी पत्ता लगाउन नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीबाट गरिएको छानबिन तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट भए/नभएको बारेमा जिज्ञासा राखेका थिए ।


आयोगद्वारा जारी विज्ञप्तिअनुसार छलफलक्रममा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको संकलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यका सम्बन्धमा विचारविमर्श भएको थियो ।


प्रकाशित : आश्विन २४, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?