चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप–समितिको सुझाव

राजु चौधरी

काठमाडौँ — संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै उक्त सुझाब दिएको हो ।

चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप–समितिको सुझाव

साथै समितिले सरकारले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न पनि निर्देशन दिनुपर्ने सुझाब दिएको छ । अर्थ मन्त्रालयमार्फत सरकारलाई वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने सुझाब दिएको हो ।


मन्त्रीपरिषदले स्वदेशी उद्योलाई प्रवद्र्धन गर्न भन्दै वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गत महिना गरेको थियो । निर्णय लगत्तै बजारमा चिनीको भाउ ह्वातै बढेको छ । यसबारे छानविन गर्दै लेखा समितिले उप समिति गठन गरेको थियो ।


प्रकाशित : आश्विन २५, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?