जनमुखी प्रशासनको आवश्यकता

रासस

दाङ — सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताएका छन् । 

प्रहरी दिवसको अवसरमा बिहीबार प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकीकृत गरी जनभावना अनुरुप काम गर्नुपर्नेमा जोड दिँदै प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न आग्रह गरे ।

Yamaha


प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताए । द्वन्द्वमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने बताए ।

सो अवसरमा अमर प्रहरी परिवारका तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई शहीद घोषणा गर्न माग गरिन् । सरकारकै काममा खटिँदा सहादत प्राप्त गरेकालाई सरकारले शहीद घोषणा नगर्दा पीडित परिवारलाई थप पीडा थपिएको उनको भनाइ थियो ।

सो अवसरमा ५ नम्बर प्रदेशभित्र रहेका विभिन्न जिल्लाका उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा अमर प्रहरी परिवारलाई सभामुख महराले सम्मान गरेर्का थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई आरोपी पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देहीमा एक किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा देवदह–१०का ३५ वर्षीय उदय थापा र बुटवल–७का २६ वर्षीय कृष्ण थापा रहेका छन् । घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ।

देवदहकी १६ वर्षीय ती किशोरीलाई घुम्न जाने बहानामा मंगलबार राती बुटवलको शिवनगर जंगललमा लगेर चार जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

किशोरीलाई साथी बनाएर दिउँसो मेला घुमाउने र बाइकमा राखेर जंगल पुर्याउने २ जना भने फरार छन्।

उनीहरु विरुद्ध सामूहिक जबरजस्ती करणी मुद्दा दर्ता गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ह्रदय थापाले बताए।

प्रकाशित : आश्विन २५, २०७५ १६:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT