२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

पारिश्रमिक कम वृद्धि गरेकामा महासंघको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको न्यूनतम तलब पारिश्रमिक निर्धारण समितिको सिफारिसभन्दा कम वृद्धि गरिएकोमा आपत्ति जनाएको छ । समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक ५० प्रतिशत बढाउन सिफारिस गरे पनि सरकारले २५ प्रतिशत मात्र बढाएको थियो ।

पारिश्रमिक कम वृद्धि गरेकामा महासंघको आपत्ति

‘महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५ सय बनाउन गरेको सिफारिस लत्याउँदै २४ हजार ५ सय रुपैयाँ मात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दु:ख प्रकट गर्छ’, महासचिव रमेश विष्टद्वारा बिहीबार जारी विज्ञप्तिमा छ ।


महासंघले समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न सरकारसित माग गरेको छ । केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकामा समेत महासंघले आपत्ति प्रकट गरेको छ ।


‘विजयादशमीअगावै श्रमजीवी पत्रकारको बाँकी पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न/गराउन महासंघ सञ्चारमाध्यम र सरकारलाई आग्रह गर्छ, श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमविरुद्ध महासंघ कठोर ढंगबाट प्रस्तुत हुन बाध्य हुने स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा छ ।

प्रकाशित : आश्विन २५, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?