कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलाको डीएनए सुरक्षित राख्नू : आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको भेजाइनल स्वाब र त्यसबाट निकालिएको डीएनए नमुना यथास्थितिमा राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई बिहीबार निर्देशन दिएको छ ।

निर्मलाको डीएनए सुरक्षित राख्नू : आयोग

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितका पदाधिकारीले बिहीबार फरेन्सिक विज्ञ डा. हरिहर बस्ती र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनए विज्ञ डा. दिनेश झासँग छलफल गरेपछि प्रहरीलाई त्यस्तो निर्देशन दिएका हुन् ।


केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा निर्मलासँग सम्बन्धित सबुत र नमुना जे जस्तो अवस्थामा छन्, सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले सबुत प्रमाणको परीक्षणबारे विज्ञसँग रायसुझावसमेत लिएको थियो ।


प्रकाशित : आश्विन २५, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?