दाउन्नेमा दुईतर्फी गाडी चल्यो [अपडेट]

नारायण शर्मा

नवलपरासी — महेन्द्र राजमार्गमा पल्टिएको गाडी नहटाउँदा अवरुद्ध दाउन्ने खण्ड शुक्रबार रातिदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । 

Yamaha

घिउखोला नजिक पल्टिएको दुइटा ट्रक राजमार्गबाट हटाएपछि राजमार्ग शुक्रबार राति सवा नौ बजेदेखि दुइतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । पल्टिएको ट्रक पन्छाउन ३२ घण्टा लागेको थियो । गाडी पन्छाउन ठूला क्रेन प्रयोग गरिएको थियो । तर, एकतर्फी यातायात भने शुक्रबार अपराह्नदेखि नै चलेको थियो । दाउन्नेमा बिहीबार दिउँसो ३ बजे ट्रक पल्टिएको थियो ।

सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम हिँडेका हजारौं दसैंका यात्रु अलपत्र परेका थिए । उनीहरुले पानीसमेत खाना नपाएको पीडा सुनाए।

‍‍‍‍.....
२० घण्टादेखि बन्द रहेको महेन्द्र राजमार्ग बल्ल एकतर्फी खुलेको छ । पूर्व-पश्चिम हिँडेका सयौं यात्रु नवलपरासीको दाउन्नेमा ट्रक पल्टेर बन्द भएपछि अलपत्र परेका थिए । बिहीबार दिउँसो ३ बजे दाउन्नेको घिउखोला र दुम्किबासमा पल्टिएको भुस बोकेको ट्रक राजमार्गबाट नहटाइँदा जाम भएको थियो ।

दसैं मान्न घर हिँडेका यात्रुले पानी समेत खान पाएका थिएनन्। पल्टिएको ट्रक क्रेनले तानेर छेउ लगाएपछि बाटो एकतर्फी खुलेको हो। राजमार्गमा गाडीचालकहरुले मनलाग्दी रुपमा ओभरटेक गर्न खोजेकोले दोहोरो जाम परेको थियो।

देशभरका यात्रु हिँड्ने मुख्य राजमार्ग अवरुद्द भएको २० घण्टा बढी हुँदा समेत राजमार्ग खुलाउने काममा सकृयता नदेखाएको भन्दै यात्रुहरु आक्रोशित हुन थालेका थिए।
दुम्किवासदेखि चोरमारासम्मको २२ किलोमिटर खण्डमा ज‌ंगलै-जंगल भएकाले यात्रुले पानी समेत खान पाएनन्। शौचालयको असुविधाले अर्को हैरानी थपेको थियो। नवलपरासीका सिडियो दिपकराज नेपालले दाउन्ने प्रदेश ५ र ४ मा पर्ने भएकाले समन्वयको प्रयास भैरहेको बताएका थिए। उनले सघुँरो सडकमा गाडी पल्टिँदा उठाउने प्रयास भए पनि सजिलो नभएको बताए।

प्रकाशित : आश्विन २६, २०७५ १०:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शौचालयको रकम वडा अध्यक्षको खल्तीमा

मुसहर बस्तीमा शौचालयका सामान वितरण गरेको भन्दै रकम निकासा गर्नेमा चन्द्रपुर ७, ९ र १० नम्बर वडाका अध्यक्ष छन् ।
जेल परेकाको पनि नक्कली हस्ताक्षर
नगरपालिकाका कर्मचारीको मिलोमतोमा झन्डै २५ लाखमाथि रकम निकासा
नगरपालिका घेराउ गर्ने योजना
पार्टी बदनाम भएको भन्दै कांग्रेसद्वारा सोधपुछ
शिव पुरी

रौतहट — चन्द्रपुर–९ स्थित डुमरियामा ५० घरपरिबार मुसहर समुदायको छ  । उनीहरूको घरमा शौचालय छैन  । वडा अध्यक्षले अधिकांश मुसहर समुदायको नक्कली हस्ताक्षर गरी शौचालयका सामान बुझेको भर्पाइ कागज पेस गरेर नगरपालिकाबाट रकम निकासा लिएको खुलेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ९ स्थित मुसहर बस्ती । यस बस्तीको एक घरमा पनि शौचालय छैन ।तस्बिर : शिव/कान्तिपुर

शौचालयका सामान बुझेको भन्दै जेल परेका व्यक्तिको समेत नक्कली हस्ताक्षर गरिएको फेला पारेको छ ।


यसरी मुसहर बस्तीमा शौचालयका सामान वितरण गरेको भन्दै रकम निकासा गर्नेमा चन्द्रपुर ७, ९ र १० नम्बर वडाका अध्यक्ष छन््् । यसमा नगरपालिकाले छानबिनका लागि कार्यदल बनाएको छ । उनीहरूले नगरपालिकाका कर्मचारीको मिलोमतोमा झन्डै २५ लाख रकम निकासा लिइसकेका छन्् । अधिकांश मुसहर समुदायले शौचालयका सामान पाएका छैनन् ।


तर उनीहरूले सामान बुझेको भनी वडा अध्यक्षहरूले हस्तारक्षर गरेको कागज नगरपालिकामा बुझाई गत आर्थिक वर्षको बजेटबाट निकासा लिएका हुन् । डुमरियाको भउचर माझी मुसहर बलात्कारको मुद्दामा जेल परेको एक वर्ष हुन लाग्यो । उनी अझै पनि जेलमै छन्् । तर उनले शौचालय बनाएको भनेर नक्कली हस्ताक्षर गरिएको फेला परेको छ । उनका बुहारी ज्ञानवती देवीले शौचालय नै नभएको र ससुरा बुवा जेल परेकाले कसले सही गर्‍यो भन्ने आश्चर्यमा परेको बताइन् ।


छिमेकी महिलालाई बलात्कार गरेको आरोपमा ८ महिनाअघि उनी जेल परेका हुन् । उनको नाममा अंग्रेजीमा हस्ताक्षर गरिएको छ । उनी पढलेख गर्न जान्दैनन् । नेपाल सरकारको गुरुयोजनाअन्तर्गत खुला दिसामुक्त वडा बनाउने अभियानमा सामान बुझिलिएको भनेर मुसहर लगायतका बस्तीका स्थानीयको हस्ताक्षर गरेको भनेर भर्पाइ कागज नगरपालिकामा पेस गरिएको छ । ती अधिकांश नक्कली हुन् । सम्बन्धित वडाका स्थानीयले सामान पाएकै छैनन् ।


डुमरियाको मुसहर बस्तीमा २ घरले मात्र शौचालयका लागि ढकन र रिङ पाएका छन्् । बाँकीको एक घरमा पनि शौचालयको सामान छैन । नगरपालिकाले ढकन, रिङ र प्यानसिट समेत पाइसकेको भन्दै भुक्तानी दिइएको छ । बस्ती पुग्दा अधिकांश मुसहर समुदाय आक्रोसित देखिन्थे । उनीहरू नगरपालिका घेराउ गर्ने भन्दै छलफलमा जुटेका छन् । यस बस्तीका मानिस खुला स्थानमा शौचालय गर्छन् । यहाँको एक घरमा पनि शौचालय छैन ।

४ वर्षदेखि उपचारको अभावमा ओछ्यानमै परेका स्थानीय सुरेश माझीको समेत नक्कली हस्ताक्षर गरिएको छ । अधिकांशले शौचालयका सामान नपाएको गुनासो पोखे । नगरपालिकाले भने सामान पाइसकेको भन्दै रकम भुक्तानी गरेको छ । नगरपालिकाका कर्मचारीले शौचालयको सामान पाए/नपाएको अनुगमन नै नगरी रकम निकासा गरिदिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले के भएको हो सोधपुछ गर्ने बताए । ‘बदमासी गरेको हो होइन पत्ता लगाउँछाैं,’ उनले भने, ‘तीनवटै वडाका अध्यक्षलाई बोलाएर सोधपुछ गर्छौं ।’ वडा नम्बर ७ र १० का मुसहर बस्तीमा समेत यस्तै समस्या छ ।

त्यहाँ पनि अधिकांशले शौचालयको सामान पाएका छैनन् । केहीले मात्र पाएका छन् । उनीहरूले निर्माण गर्न सकेका छैनन् । तर रकम निकासा भइसकेको छ । ७ नम्बर वडाका वडा अध्यक्ष विष्णु उप्रेती ९ का गोविन्द दुलाल र १० का जयराम चौधरी तीनै जना कांग्रेसबाट जितेका हुन् । तीनै जनालाई कांग्रेसको नगरकमिटीले कार्यालयमै बोलाएर नक्कली हस्ताक्षर गरी रकम निकासा गरिएको भन्ने हल्लाले पार्टी बदनाम भएको भन्दै सोधपुछ गरेको थियो । वडा अध्यक्षहरूले अब सामान किनेर दिने बताए । ‘केही कमिकमजोरी भएकै हो,’ उनीहरूले भनेका छन्, ‘हामी सुधार गर्दै लैजाने छौं ।’


कांग्रेस महासमिति सदस्य सन्जय कार्कीले तीनै वडा अध्यलाई मुसहर बस्तीका स्थानीयको सक्कली हस्ताक्षर गराई सामान वितरण गर्न निर्देशन दिइएको बताए । ‘गलत काम नगर्नुस् भनेका छौं,’ उनले भने।


मौलाउँदै भ्रष्टाचार
-भूषण यादव (वीरगन्ज)
पर्साको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लालबाबु प्रसाद साह ४० हजार रुपैयाँ घूस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई बिहीबार दिउँसो करिब ४ बजेको समयमा वीरगन्ज महानगरपालिका १४ चिनी मिल आवास क्षेत्रमा रहेको उनको क्वार्टरबाट पक्राउ गरेको हो ।


जगरनाथपुर गाउँपालिका ३ स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि आएको रकम फुकावाका लागि साहले घूस मागेका थिए । विद्यालय प्रतिनिधिले दिएको विशेष सूचनाका आधारमा अख्तियारले छापा मारेको हो । ‘विद्यालयको खातामा पैसा हस्तान्तरण भइसकेको थियो,’ अख्तियारका एक शाखा अधिकृतले भने, ‘बैंकबाट रकम फुकुवा गरिदिनका लागि घूस मागिएको थियो ।’ सम्बद्ध स्रोतका अनुसार शिक्षा विकास तथा समन्वय प्रमुखले कन्या मावि, रामनगरी र सिहरी सथवलमा रहेका विद्यालय भवनको रकम निकासाका लागि पनि घूस रकम मागेका छन् ।


पछिल्लो समय शिक्षामा भ्रष्टाचार मौलाउँदै गएको छ । तीन हप्ता अगाडि मात्र वीरगन्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख मन्जुर आलम र नायव सुब्बा शशिभूषण साह कानुलाई एक लाख रुपैयाँ घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो । गत असोज ४ मा वीरगन्ज एक निजी विद्यालयलाई लाइसेन्स दिएबापत एक लाख रुपैयाँ घूस लिएकाले अख्तियारले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT