१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, ५६ घाइते [अपडेट]

कृष्ण थापा

नुवाकोट — जिल्लाको सूर्यगढी गाउँपालिका ५ माछापोखरी नजिक शुक्रबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका ४ थप्रेककी २७ वर्षीया मिनु तामाङ र चितवनका बलराम तिवारी छन् ।

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, ५६ घाइते [अपडेट]

दुप्चेश्वर गाउँपालिका ३ झगडेबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा ५६ जना घाइते भएका छन् । सामान्य घाइते भएकाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको भने गम्भीर अवस्थाका १७ जनालाई राजधानी पठाइएको छ । उनीहरुलाई सेनाको हेलिकप्टर र एम्बुलेन्समार्फत काठमाडौं लगिएको हो । दुर्घटनामा मृत्यु भएकाको शव अपराह्न त्रिशूली अस्पताल पुर्‍याइएको छ ।


यसैबीच, त्रिशूली अस्पतालमा उपचाररत घाइतेलाई जिल्लाका सांसदहरुले भेटेका छन् । शुक्रबार अपराह्न अस्पताल पुगेर प्रतिनिधिसभाका सांसद् हितबहादुर तामाङ, प्रदेशसभा सांसद बद्री मैनालीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।


उनीहरुले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासन र चिकित्सकहरुलाई निर्देशनसमेत दिए ।

प्रकाशित : आश्विन २६, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?